'दुबईको अस्पतालमा नेपाली डाक्टर र नर्स पठाउने बनाउनु छ'

बुधबार, मंसिर ७, २०७९

झापा । नेपालबाट हरेक वर्ष ७०० विधार्थीहरु MBBS पढ्न विदेश जाने गर्दछन भने १२०० जना विधार्थीहरु अरु मेडिकल शिक्षा लिन विदेशीने गरेका छन् । नेपालमा मेडिकल शिक्षा पर्याप्त दिनसक्ने वातावरण बनाउन सक्ने अवस्था हुँदाहुँदै हरेक वर्ष विधार्थीहरु विदेशीने वाध्यता छ ।

मेडिकल छेत्रमा काम गरिरहेका बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं आफै नै देशको मेडिकल छेत्रको अवस्था देखेर चिन्तीत छन् । चिन्तीत भएपनि प्रसाईं आशावादी भने धेरै नै देखिए । दुर्गा प्रसाईंले सुरुवात मै आश जगाउने गरि भने, "हेर्नुस मेडिकल शिक्षा छेत्रका माफियाहरुले नेपाली चेलीलाई दुबईको डान्स बारमा नाचेको हेर्न चाहन्छन तर म त्यही दुबईको अस्पतालमा नेपाली डाक्टर र नर्स काम गरेको बनाउन चाहन्छु र त्यो सम्भव छ ।"

मेडिकल टुरिजमले नेपालको मुहार फेर्छ, सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्न दिनुपर्छ मेडिकल टुरिजमले नेपालको मुहार फेर्छ, सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्न दिनुपर्छ

दुर्गा प्रसाईंको कुरा सुन्दा एमालेका अध्यक्ष केपी शर्मा ओली कै जस्तो ठूला सपना लागेपछि नेता प्रसाईंलाई सम्भव छ भनेर सोध्दा भने, "सम्भव नभए म अर्बौंको लगानी गर्थे होला मेडिकल छेत्रमा ? म त मूर्ख होला भन्नुहोला तर मलाई ऋण दिने बैंकहरु त बुझेर मलाई ऋण दिए होलान नि ? नेपालमा मेडिकल पढ्न र उपचार गराउन मेडिकल हबको रुपमा बनाउन पर्छ र म यो पहल गर्न राजनीतिमा सक्रिय रुपमा आएको हुँ । मेडिकल शिक्षा छेत्रमा भएको फोहोर सफा गरेर नेपाल मै पढ्ने वातावरण बनाउनु पर्छ ।"

दुर्गा प्रसाईंको बडिगार्डमा मासिक १० लाख खर्च, को बाट खतरा छ प्रसाईंलाई ? दुर्गा प्रसाईंको बडिगार्डमा मासिक १० लाख खर्च, को बाट खतरा छ प्रसाईंलाई ?

दुर्गा प्रसाईंका अनुसार हरेक वर्ष नेपालबाट MBBS पढ्न मात्र ७०० विधार्थीहरु विदेश जाने गरेका छन् । थप १२०० विधार्थीहरु भने थप अरु मेडिकल शिक्षाका लागी विदेश जाने गरेका छन् । नेपालबाट डाक्टर पढ्न मात्र जाने विधार्थीहरुलाई नेपाल मै पढाउन सके ७ देखि ८ वटा थप मेडिकल कलेजहरु संचालनमा आउंथे र थप १० हजार जना नेपालीहरुले नै रोजगार पाउंथे ।

"मेडिकल पढ्न विधार्थी विदेश नगएर नेपाल मै बस्दा मेडिकल कलेज व्यवसायीलाई फाईदा हुन्छ भन्ने बुझ्नुहुन्छ भने गलत हो । एक तर्फी मात्र हेरेर हुदैन । ७०० विधार्थीहरु नेपाल मै पढ्ने भएभने थप ८ वटा मेडिकल कलेज खुल्थ्यो, कलेज भएका ठाउँहरु विकशित हुन्छन, थप १० हजार जनाले रोजगारी पाउँदा वैदेशिक रोजगार पनि घट्ने थियो, नेपालको पैसा नेपाल मै रहन्थ्यो, सरकारले कर पाउँथ्यो अनि विधार्थीहरुले आफ्नै घरमा बसेर मेडिकल पढ्न पाउंथे । वार्षीक १ खर्ब पैसा मेडिकल शिक्षाकोलागी बाहिर जाने गरेको छ ।"

नेपालमा पर्याप्त मेडिकल कलेज नभएर हो कि राम्रो शिक्षा नभएर हो विदेश जाने गरेका विधार्थीहरु ? दुर्गा प्रसाईं भन्छन, "हेर्नुस कुरा अर्कै छ । विधार्थीहरुको पहिलो रोजाई नेपाल नै हो त्यो भनेको हाम्रो शिक्षा राम्रो भएर हो । तर मेडिकल शिक्षा छेत्रमा केही माफियाहरु छन् जसले नेपालमा विधार्थी नपढुन भन्नेछ । सकेसम्म १२ पछि कोही विधार्थीहरु पनि नेपालमा नपढुन भन्ने माफियाहरुले नेपालमा मेडिकल कलेज संचालन गर्ने वातावरण बनाउन दिएका छैनन् जसका कारण विधार्थीहरु विदेश जाने गरेका छन् । नत्र नेपाल मै सस्तोमा राम्रो शिक्षा पाउन सक्ने हुँदाहुँदै वाध्यताले विदेश जाँदैछन् ।"

मेडिकल पढ्न नेपाल भन्दा भारतमा महँगो भएकाले भारतबाट धेरै विधार्थीहरु नेपालमा पढ्न आउने समेत गरेको कुरा नेता प्रसाईंले उल्लेख गरेका छन् । नेपालको शिक्षा सस्तो र राम्रो भएको कारण यहाँ मेडिकल कलेज र अस्पताल खोलेर मेडिकल हबको रुपमा विकसित गर्नुपर्ने तर्क नेता प्रसाईंले राखेका छन् ।

"म मेडिकल व्यवसायी भएको कारण कलेज खोल्नपर्छ भन्यो भन्नुहोला तर मैले मेरो फाईदालाई भनेको होईन । फाईदा दुर्गा प्रसाईं सहित लाखौँलाई हुने हो । फाईदा देशलाई हुने हो । आफ्नो छोराछोरी विदेश पठाउने कसलाई रहर हुन्छ होला र ? तर मेडिकल शिक्षा छेत्रमा राजनीति भएर विधार्थीहरु विदेशीनु वाध्यतामा छन् ।"

कसरी विधार्थीहरुलाई रोक्न सकिन्छ र मेडिकल शिक्षाका माफियाहरुलाई रोक्न सकिन्छ ? नेता प्रसाईंले भने, "रमाईलो कुरा के छ भने नेपालको राजनीतिदेखि निर्णय गर्ने ठाउँमा यो सबै कुरा बुझेको मान्छे नै पुग्न सकेनन् अनि कसरी रोक्न सक्नु । मैले उल्लेख गरेको डाटा सहित सबै समस्या र समाधान बुझेको मान्छे निर्णय गर्ने ठाउँमा आए भने विधार्थीलाई रोक्न केही वर्ष मै सम्भव हुन्छ ।"

विदेशमा विधार्थीहरु पढ्न जाँदा दुई मुख्य घाटा केलाउंदै भने, "पहिलो घाटा भनेको आफ्नो घर परिवारबाट टाढा बसेर पढ्नुपर्यो अनि अर्को घाटा भनेको देशको पैसा बाहिर गयो । उमेर र पैसा सबै बाहिर गएपछि नेपाल कसरी विकसित हुने ? कलकारखाना पनि बन्द गर्ने, युवाहरु पनि विदेश पठाउने अनि कसरी हुन्छ विकास ?"

दुर्गा प्रसाईंको राजनीति यात्राले मेडिकल शिक्षालाई कस्तो प्रभाव पार्छ कि आफ्नो कलेज र अस्पताल मात्र विकाश हुन्छ भनेर प्रश्न गर्दा नेता प्रसाईंले भने, "मैले राजनीतिमा लागेर फाईदा लिन्छ भन्नु अब चाँही मूर्खता हो । आफ्नै पार्टीको सरकार हुँदा त मैले मेरो कलेजको लागी गुहारिन बरु प्रणालीसंग लडे अनि अब म फाईदा हेर्छु होला र ? म राजनीतिमा लाग्नुको कारण नै नेपाली युवालाई विदेश नपठाउन देशलाई मेडिकल हब बनाउने अनि बन्द भएका कलकारखानालाई संचालनमा ल्याउने कोशिस गर्नेछु । अब निर्वाचन पश्चात नेकपा एमालेको सरकार आउँछ र ५ वर्षमा मैले देखेको सपना पुरा हुन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५८
प्रतिक्रिया दिनुहोस्