नेभिगेशन
खेलकुद

नाडालले जिते २१ औं ग्राण्डस्लाम

काठमाडौं -स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् । नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् । 

छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ (५-७) ६-४  ७-५ को जीत दर्ता गरे । यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिकालागि उत्रिएका थिए । 

तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद