सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश

बुधबार, मंसिर ७, २०७९

काठमाडौ - नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए । खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए । 

अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ । गए राति नै भएको खेलमा विजयी हुँदै मोराेक्को अन्तिम आठमा प्रवेश गरेकाे छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोराेक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेकाे हाे  । 

मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोराेक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्