पाँच दिनअघि फ्लोरिडामा डुंगा डुब्दा हराएका ३९ जनाको अवस्था अझै अज्ञात

बुधबार, मंसिर ७, २०७९

एजेन्सी - फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक अधिकारीहरुले जनाएका छन् । 

एक माझीले मंगलबार डुंगामा झुन्डिएका एक व्यक्तिलाई देखेपछि डुंगा दुर्घटना भएको सार्वजनिक भएको थियो । दुर्घटनमा बाँचेका ती व्यक्तिका अनुसार बाहामासको बिमिनीबाट शनिबार एउटा समूह डुंगामा चढेको थियो । पहिचान नखुलेका ती व्यक्तिका अनुसार कुनै पनि यात्रुले लाइफ ज्याकेट लगाएका थिएनन् । 

बिमिनी टापु बाहामासको सुदूरपश्चिम क्षेत्र हो, जुन मियामीबाट केबल ८० माइल दूरी टाढा पर्छ

डुंगामार्फत मानव तस्कर गरिएको हुनसक्ने तटीय अधिकारीहरुले अनुमान गरेका छन् । मियामीको तट रक्षक निकायले पानी जहाज र विमानमार्फत समुद्रमा डुबेका मानिसहरुको खोजी गरेको जनाएको छ ।

शनिबार दुर्घटना भएको सो डुंगाका यात्रुमध्ये मंगलबारसम्म कुनै पनि जीवित फेला नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्