नेभिगेशन
विश्व

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा १८ जनाको ज्यान गएको छ । जीवितमध्ये अधिकांश यात्रु घाइते भएका छन्‌ ।

राजधानी अल्जियर्स नजिकै शुक्रबार राति उक्त दुर्घटना भएको हो । उद्दारकर्मीहरूले एल हर्राक नदीमा रातभर खोज तथा उद्दार अभियान चलाएका थिए ।


राष्ट्रपति अब्देलमजिद तेब्बुनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्‌ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व