मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । 

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । 

दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार