भारतमा तिव्र गतिमा फैलियो कोरोना, एकैदिन ३ लाख बढी संक्रमित थपिए 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ३ लाख ३५ हजार ४ सय ५८ संक्रमित फेला परेका थिए । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ९२ लाख १२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ११ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८९ हजार ४ सय २२ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार १२७ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ६५ लाख ३९ हजार ६ सय ९ पुगेको छ ।  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्