भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन ३ लाख ३५ हजार संक्रमित थपिए 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ३ लाख ३५ हजार ४ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ३ लाख १५ हजार १ सय ५८ संक्रमित फेला परेका थिए । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ८९ लाख १ हजार ४ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८९ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८८ हजार ९ सय ११ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ९ सय ३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ६२ लाख ९० हजार ७ सय ९ पुगेको छ । सक्रिय संक्रमित २१ लाख २१ हजार ८ सय रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्