विश्वभर एकैदिन १९ लाख २९ हजार कोरोना संक्रमित थपिए, कुन देशमा कति ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख २९ हजार २ सय १० कोरोना संक्रमित थपिएका छन् ।  यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३३ करोड ११ लाख २७ हजार ८ सय ९४ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९ सय ३२ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख ६३ हजार १ सय १० पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा १२ लाख ७९ हजार ७० कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २६ करोड ८९ लाख ५६ हजार २ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् ।
 
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ७४ हजार २ सय १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ करोड ७४ लाख ९४ हजार ९ सय ६९ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ३१ लाख ४० हजार ३ सय ४९ कोरोना संक्रमित निको भइसकेका छन् ।

hh.PNG
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्