भारतमा तिव्र गतिमा फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख २२ हजार बढी संक्रमित थपिए 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ५ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ५७ हजार ६३ संक्रमित फेला परेका थिए । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ७६ लाख २ हजार ८ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय २ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ७ सय ८४ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ४११ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५३ लाख ७८ हजार ८ सय ७२ पुगेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्