युएईमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । डब्ल्यूएएमले बताए अनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् । 

सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् । प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्