७ महिनापछि नाइजेयरियामा ट्विटरमाथिको प्रतिबन्ध हट्यो 

बुधबार, मंसिर ७, २०७९

एजेन्सी - अन्ततः नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध हटाएको छ । राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो । 

बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच भएको लामो छलफल भएको थियो । ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएका छन् । 

बुधबार राति १२ बजेदेखि नाइजेरियाा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ । नाइजेरियामा ट्विटरमा प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए । 


प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्