नेभिगेशन
मनोरञ्जन

१७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाई’को सिक्वेल बन्दै, गीत पनि तयार हुँदै

काठमाडौं - अभिनेता राजेश हमाल लगायत ३ अभिनेताको मूख्य अभिनय रहेको फिल्म हामी तीन भाईको सिक्वेल बन्ने भएको छ । करीब १७ वर्ष अगाडि प्रदर्शनमा आएको यस फिल्मका गीतहरु अझै पनि घन्किरहेका छन् । 

यसै फिल्मको सिक्वेल बनाइने बारे गएको बर्षदेखि नै चर्चा छ । अब भने यस फिल्मको सिक्वेल बन्ने पक्का भएको छ । मंगलबार यस फिल्मको लागि एउटा गीत पनि रेकर्ड गरिएको छ । गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीतको भिडियो सार्वजनिक हुँदैछ । 

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको यस फिल्मलाई लिएर दर्शक पनि उत्साहित भएका छन् । यसअघिको फिल्म हामी तीन भाई मा राजेश हमाल, स्वं। श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसी लगायतको अभिनय रहेको थियो । 

तर अब यसको सिक्वेलमा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्मको लागि कलाकारको छनोट अहिले भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना