मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गयो

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - भारतको एक हिन्दु मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ भने धेरै घाइते भएका छन् । 

भारत प्रशासित कश्मीरको माता बैष्णो देवी मन्दिरमा विवाद हुँदा भागदौड मच्चिएको हो । हरेक दिन दशौं हजार मानिस जाने उक्त मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पनि हजारौं भक्तजनको भिड लागेको थियो । 

शनिवार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेको थियो । उक्त मन्दिरमा भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्