नेभिगेशन
सुरक्षा–अपराध

हवल्दारकी पत्नीसँग प्रेम र अनैतिक सम्बन्ध थियो, छाड्न नसक्दा यसरी हत्या भएछ

अंकिता उर्फ दीपिका महेन्द्रकी पत्नी, प्रेम सम्बन्धलाई आधार बनाएर मनोजलाई जालमा फसाउन प्रयोग गरेकी थिइन्। जो मनोजसँग बिहेपछि पनि निरन्तर अनैतिक सम्बन्ध कायम 

काठमाडौं– पहिलाको प्रेम बिर्सन नसकी निरन्तर सम्पर्क र सम्बन्धमा रहेको खण्डमा नसोचेको परिणाम भोग्नुपर्छ भन्ने यो हत्या प्रकरण एउटा उदाहरण बनेको थियो।

साथीको साथमा हिँड्दा घटनामा सम्बन्ध नरहेको, सरोकार नरहेको निर्दोषले पनि हत्याको शिकार बन्नुपर्छ भन्ने पनि यो उदाहरणीय अपराध कथा हो। 
यो घटना भारतको उत्तर प्रदेश राज्यको।

उत्तर प्रदेशको लखनऊस्थित काकोरी क्षेत्रमा चार महिनाअघि भएको दुई युवाको निर्मम हत्या आज पनि सबैलाई हल्लाइरहेको थियो। 

मृतकहरूमा २३ वर्षीय मनोज लोधी र उनका साथी २४ वर्षीय रोहित लोधी थिए। 

दुवैको गला रेटेर हत्या गरिएको यस घटनामा संलग्न भएको आरोप प्रहरी हवल्दार महेन्द्र कुमारमाथि लागेको थियो, जसले आफ्नै भान्जा विनीतसँग मिलेर यो योजना बनाएको अनुसन्धानमा खुलेको थियो।

महेन्द्रको विवाह २०२१ मा अंकिता उर्फ दीपिकासँग भएको थियो। तर अंकिताको प्रेम सम्बन्ध विगतदेखि नै मनोज लोधीसँग चलिरहेको थियो। विवाहपश्चात पनि यो सम्बन्ध गोप्य रूपमा जारी रह्यो।

महेन्द्र, अंकिता र मनोज तिनै जना एउटै विद्यालयमा पढेका पुराना साथी थिए।

२४ डिसेम्बर २०२४ मा महेन्द्रलाई पत्नीको सम्बन्धबारे पत्ता लागेपछि उनले सीधै प्रश्न गरेः “पति रोज्छ्यौ वा प्रेमी ?”

अंकिताले पति महेन्द्रको पक्ष लिइन् र दुबैजनाले मिलेर मनोजलाई हटाउने योजना बनाए।

२१ मार्च २०२५ मा अंकिताले मनोजलाई ३५ पटक फोन गरी बरकताबाद पुल नजिक आउन भनिन्।

मनोज आफ्ना साथी रोहितसँग त्यहाँ पुगे।

त्यतिबेला महेन्द्र, उनका भान्जा विनीत र अन्य साथीहरू पहिल्यै योजनाअनुसार बसेका थिए।

मनोज र रोहितलाई घेराबन्दी गरी धारिलो हतियारले आक्रमण गरियो।

दुवैको गला रेटेर घटनास्थलमै हत्या गरियो।

२२ मार्च मा रोहितका पिता रमेश लोधीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

महेन्द्रले घटनालाई लुकाउन जाली परिचय बनाएर दुईवटा नयाँ सीम कार्डको प्रयोग गरेका थिए।

तर गल्तीले पत्नी अंकिताले व्यक्तिगत नम्बरबाट फोन गरेकी थिइन्, जसको लोकेशन डेटाले अपराध स्थल संकेत गरेको थियो। 

यसै आधारमा काकोरी प्रहरीले २३ मार्चमा महेन्द्रलाई र २८ मार्चमा विनीतलाई पक्राउ गरेको थियो। 

अंकितासहित अन्य अभियुक्तहरूलाई पनि नियन्त्रणमा लिइयो, तर अझै ३ जना फरार रहेका छन्।

घटना भएपछि मुख्य आरोपित महेन्द्र र विनीत जेलमा राखिएका छन्।

४ महिनापछि, ४ अगस्ट २०२५ मा, लखनऊ प्रहरी आयुक्त अमरेन्द्र सिंह सेनगरले सिफारिस गर्दै दुबैजनामाथि राष्ट्रीय सुरक्षा ऐन  अन्तर्गत कडा कारबाही सुरु गरियो।

डीसीपी पश्चिम क्षेत्र विश्वजीत श्रीवास्तवले पनि यस कारबाहीको पुष्टि गर्दै फरार तीन आरोपीलाई खोजी जारी रहेको बताएका थिए।

महेन्द्र कुमार २०१८ ब्याचका प्रहरी सिपाही, घटनाको बेला लखीमपुर खीरी प्रहरी लाइनमा तैनाथ थिए। उनी हवल्दार बनिसकेका थिए।

विनीत महेन्द्रको भान्जा, हत्या योजनामा प्रत्यक्ष संलग्न रहेका व्यक्ति थिए। 

अंकिता उर्फ दीपिका महेन्द्रकी पत्नी, प्रेम सम्बन्धलाई आधार बनाएर मनोजलाई जालमा फसाउन प्रयोग गरेकी थिइन्। जो मनोजसँग बिहेपछि पनि निरन्तर अनैतिक सम्बन्ध कायम राख्थिन्।

लखनऊको यस डबल हत्याले प्रेम, धोका र प्रतिशोधले कसरी जघन्य अपराध जन्माउँछ भन्ने प्रस्ट देखाएको छ। 

प्रहरी स्वयं अपराधीको भूमिकामा आउनु, आधुनिक प्रविधिको मद्दतले अपराध उजागर हुनु, र अन्ततः कडा कानुन लागू हुनु यी सबै घटनाले भारतीय कानुन र समाजलाई हल्लाएको थियो।

(यो क्राइम स्टोरी इन्टरनेटमा उपलब्ध सामग्रीसहितको आधारमा तयार पारिएको हो।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रविलाई नख्खु जेल छिराइयो