नेभिगेशन
सुरक्षा–अपराध

झुमका जेलको पर्खाल नाघेर भागेका बलात्कार दोषी, झापामा समातियो

इटहरी– क्षेत्रीय कारागार (जेल) सुनसरी झुमकाबाट पर्खाल नाघेर फरार रहेका बलात्कारका दोषीलाई झापामा प्रहरीले पक्राउ गरेको छ।

साउन २८ गते बिहान कारागारको बि ब्लकबाट २० फिटको वाल नाघेर जबरजस्ती करणी मुद्दाका कैदी बन्दी रूपक पौडेल खत्री फरार भएका थिए। 

उनी झापाको बिर्तामोड नगरपालिका १० विराट पोखरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनी आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। 

शनिबार पक्राउ गरिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयको पिआइटी टिम सहित सुनसरी र झापा प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। 

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको बताइएको छ।

खोटाङ  दिप्रुङचुचुमा गाउँपालिका २ का खत्री सामूहिक बलात्कारको घटनामा अदालतले पुर्पक्षका लागि २०८२ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो। 

मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रविलाई नख्खु जेल छिराइयो