नेभिगेशन
खेलकुद

आदिल आलमलाई ८ वटै टोलीले लगाए अधिकतम रकम, भित्र्यायो काठमाण्डु गोर्खाजले

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सबैको रोजाइमा परेका मोहम्मद आदील अन्सारीलाई काठमाडौं गोर्खाजले ‘लक्की ड्र’ बाट पाएको । 

शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा ‘ए’ क्याटागोरीका आदीललाई प्रतियोगिताका आठ वटै टिमले उच्चतम मुल्य १५ लाखसम्म बोली लगाएका थिए । 

जसमा काठमाडौं भाग्यशाली बनेको हो । योसँगै आदील जारी अक्सनमा आठ वटै टिमले बोली लगाउने पहिलो खेलाडीसमेत बने ।

आदीलले यसअघि विं.स २०७९ मा आयोजित नेपाल टी–२० खेलेका थिए । तर, उक्त प्रतियोगितामा स्पट फिक्सिङको मुद्धा खेपेपछि उनी नेपाल क्रिकेट संघ (क्यान) बाट निलम्बनमा परेका थिए । तर, अदातलबाट सफाई पाएपछि उनलाई क्यानले पनि निलम्बन फुकुवा गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो