नेभिगेशन
खेलकुद

उत्तर कोरियासँग ११-० ले पारिजात भएसँगै एसिया कपको दौडबाट बाहिरियो नेपाल

काठमाडौं- नेपाललाई ११–० ले हराउँदै साबिक विजेता उत्तर कोरिया एएफसी महिला यु–२० च्याम्पियनसिपमा छनोट भएको छ ।  

समूह ‘ए’ को तीनै खेल जितेको उत्तर कोरियाले तीन अंक जोडेको छ । नेपालले चार अंक जोड्यो । यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई १–० ले नै हराएको थियो । 

आइतबार भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा उत्तर कोरियाले खेलभर नेपाललाई दबाबमा राखेको थियो । नेपालले खेलभर एक पटक पनि विपक्षीको पोष्टमा राम्रो प्रहार गर्न सकेन । 

यसअघि नेपाल भुटानसँग १–१ को बराबरी खेल्दा साउदीलाई १–० ले हराएको थियो । यो हारपछि नेपालको एसियन कप खेल्ने सम्भावना सकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो