नेभिगेशन
सुरक्षा–अपराध

१८ हत्या, धरौटीमा रिहा भएको बेला बिहे गरेका ग्याङस्टरलाई यसरी इन्काउन्टर गरेर मारियो

जेलबाट निस्किएको दुई सातामा मारिएको कथा

काठमाडौं– नेपालमा पनि विभिन्न डन वा गुन्डा नाइकेको इन्काउन्टर भएका थिए। 

अपराधको दुनियाँमा सहज बाँच्न सक्ने अवस्था हुन्न भन्ने उदाहरण इन्काउन्टर हो। 

यस्तै एउटा इन्काउन्टर भारतमा दुई बर्षअघि भएको थियो।

उत्तर प्रदेश प्रहरीलेको स्पेशल टास्क फोर्स (एसटीएफ) ले कुख्यात ग्याङ्स्टर अनिल दुजाना उर्फ अनिल नागरलाई मेरठमा भएको मुठभेडमा मारिएको दाबी गरेको थियो।

यूपी एसटीएफका एडीजी अमिताभ यशले भनेका थए, “वाञ्छित अपराधी अनिल दुजानालाई हाम्रो टोलीले बिहीबार दिउँसो मेरठको एक गाउँमा घेरेको थियो। भाग्ने प्रयासमा दुजानाले हाम्रो टोलीमाथि गोली चलायो र जवाफी फायरिङमा ऊ मारियो।”

यूपी प्रहरीका एडीजी (कानुन तथा व्यवस्था) प्रशान्त कुमारका अनुसार, एसटीएफ र बदमाशबीच मुठभेड भयो जसमा अनिल दुजाना घाइते भई पछि मृत्यु भयो। ऊ चार पाङ्ग्रे गाडीमा यात्रा गरिरहेको थियो। उनको साथबाट दुई पिस्तोल र ठूलो मात्रामा गोली बरामद गरिएको छ।

पश्चिमी यूपीका ठूला ग्याङ्स्टरमध्ये एक मानिने अनिल दुजाना हप्ताअघि मात्र जेलबाट बाहिर आएको थियो। गौतम बुद्ध नगर जिल्लाको दुजाना गाउँका बासिन्दा दुजानामाथि हत्या, लुट, जबरजस्ती असुली, जग्गा कब्जा जस्ता गम्भीर आरोपमा ६५ मुद्दा दर्ता थिए। उसमाथि राष्ट्रिय सुरक्षा ऐन (रासुका), आम्र्स एक्ट र ग्याङ्स्टर एक्टअन्तर्गत पनि मुद्दा चलाइएका थिए।

अनिल दुजाना दिल्ली–एनसीआरसम्म आफ्नो आतंक फैलाएको मानिन्छ र उसको टाउकोमा इनाम पनि थियो। उसको कुख्यात माफिया सुन्दर भाटी र उसको ग्याङसँग पुरानो दुश्मनी थियो। यो दुश्मनीकै क्रममा धेरै हत्या भइसकेका छन्। सुरुमा दुजाना र सुन्दर भाटी सँगै अपराधको दुनियाँमा थिए।

पश्चिमी यूपीमा ग्याङवारको सुरुवात महेन्द्र फौजी र सतबीर गुर्जरबीचको दुश्मनीबाट भएको थियो। दुवै १९९० को दशकमा एनकाउण्टरमा मारिएका थिए। त्यसपछि सतबीरका सहयोगी नरेश भाटी र सुन्दर भाटीबीचको ग्याङवार चर्चामा आयो।

सन् २००० भन्दा अघि अनिल दुजाना सुन्दर भाटीका लागि अवैध सरिया कारोबार गथ्र्यो र कमाइको केही हिस्सा सुन्दर भाटीलाई दिन्थ्यो। यहीबाट उसको नाम चल्न थाल्यो। तर अवैध कारोबारकै कारण दुबईबीच मतभेद भयो र दुजाना रणदीप भाटीको ग्याङतर्फ आकर्षित भयो। त्यसपछि लुटपाट, रंगदारी असुल्ने र भाडामा हत्या गर्ने काममा लाग्यो।

सन् २००४ मा सुन्दर भाटी ग्याङले नरेश भाटीको हत्या ग¥यो। २००५ मा बदला लिन नरेशका भाइ रणपाल भाटीले सुन्दर भाटीका भतिजा लाला फौजीको हत्या ग¥यो। २००६ मा रणपाल पनि प्रहरी एनकाउण्टरमा मारियो। त्यसपछि ग्याङको कमान रणदीप भाटी र भाञ्जा अमित कसानाले लिए। अनिल दुजाना पनि त्यतिबेलादेखि यो ग्याङमा सक्रिय भयो।

सन् २०११ मा सुन्दर भाटीलाई मार्न भाञ्जाको विवाहमा ए–४७ बाट गोली वर्षाइयो जसमा तीन जनाको मृत्यु भयो। यही घटनामा दुजानालाई २०१२ मा पक्राउ गरी जेल पठाइयो। २०१४ मा सुन्दर भाटीले बदला लिएर दुजानाको दाजुको हत्या गरिदियो।

दुजानाको अपराध यात्रा भने २००२ मा गाजियाबादको कविनगरमा हरवीर पहलवानको हत्या घटनाबाट सुरु भएको हो। क्रमशः मुद्दा बढ्दै गए र अहिले उसको विरुद्ध हत्या मात्रका १८ मुद्दा छन्।

जेलमै बसेर उसले अन्य ग्याङसँग मिलेर काम जारी राख्यो र नयाँ सदस्यहरू भर्ना गथ्र्यो। उसको प्रभाव पश्चिमी यूपीभर फैलियो। २०१५ मा जेलमै रहँदा उसले जिल्ला पंचायत सदस्यको चुनाव जित्यो, तर पछि चुनाव रद्द भयो।

उसको विवाहको कथा पनि चर्चित छ। बागपतका लीलूले आफ्नो छोरी पूजाको विवाह जेलमै रहेका दुजानासँग १६ फेब्रुअरी २०१९ मा अदालतमै सगाई गरेर गराइदिए। २०२१ मा जमानतमा बाहिर आएपछि दुजानाले पूजासँग विवाह ग¥यो। उनीहरूकी एक छोरी छ।

दुजाना गाउँ विगतमा पनि कुख्यात थियो, जहाँ १९७०–८० को दशकमा सुन्दर डाकु चर्चित नाम थियो, जसले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई समेत हत्या गर्ने धम्की दिएको भनिन्छ।

अनिल नागर पहिलोपटक जेल गएपछि आफ्नो नामको पछाडि “दुजाना“ जोडे। उसमाथि नोएडा प्रहरीले ५० हजार र बुलन्दशहर प्रहरीले २५ हजारको इनाम तोकेको थियो।

मिडिया रिपोर्ट अनुसार, गत साता जेलबाट बाहिर आएपछि उसले आफ्नाविरुद्ध गवाही दिनेहरूलाई धम्काउन थालेको थियो। एसटीएफले उसको खोजी सुरु गरेको थियो र अन्ततः मुठभेडमा उसको मृत्यु भएको दाबी गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध