नेभिगेशन
सुरक्षा–अपराध

पूर्वसचिवकी पत्नी मुना अधिकारीको हत्या प्रकरण, घरेलु कामदारसँग जोडिएको विवादीत विषय

कामदार झुण्डिएको अवस्थामा भेटिनु र मुना पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले यो घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्ने आशंका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गरिएको थियो

काठमाडौं– ललितपुरको सानेपास्थित घरमा २०७६ माघ २७ गते जस्तो हत्याकाण्ड भयो, त्यसले निक्कै दिनसम्म चर्चा पायो। यो हत्या प्रकरण र अनुसन्धानका क्रममा आएका अनेक विवादका विषयले नेपाली मिडिया हल्लाएको थियो।

मुना अधिकारीलाई घरमै कार्यरत २२ वर्षीय घरेलु सहयोगी विजय चौधरीले भान्सामा धारिलो हतियार र पिर्का प्रयोग गरी आक्रमण गरेका थिए। घटनापछि चौधरीले आत्महत्या गरेका थिए। 

घरमा जडान गरिएको सीसीटीभी फुटेजमा चौधरीले मुनालाई आक्रमण गरेको दृश्य कैद भएको थियो। प्रहरीले घटनास्थलमा तेस्रो व्यक्तिको उपस्थिति नभएको निष्कर्ष निकालेको थियो। 

हत्या पछाडिको स्पष्ट कारण पत्ता लाग्न सकेको छैन। प्रहरीले सामाजिक, आर्थिक र व्यवहारगत पक्षहरू खुलाएको थियो। 

हत्या गरिएकी अधिकारी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी थिइन्। आखिर यो घटनापछि कस्ता विवाद सतहमा आएका थिए?

त्यसका लागि अनुसन्धानका क्रममा भएका उतारचढावलगायतका कथामा पुग्नुपर्छ।

यसरी भएको थियो हत्या
प्लाष्टिकको पिर्काले टाउकोमा बजार्दै नाईलनको डोरीले घाँटी कसी क्षतविक्षत हुने गरी कुटपिटपछि रगतमा लत्पतिएको अवस्थामा आफ्नै निवासमा  भेटिएकी मुना अधिकारी हत्यारा भनिएका चौधरी सानैदेखि घरेलु कामदारका रुपमा रहेका थिए। 

यद्यपी सबैको मनमा उब्जिएको प्रश्न हत्या किन भयो? भन्ने विषय भने अझै अनुत्तरीत नै छ। 

कामदार झुण्डिएको अवस्थामा भेटिनु र मुना पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले यो घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्ने आशंका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गरिएको थियो। तर पछि सिसिटिभी फुटेज केलाएको प्रहरीको यो शंका भिडिओेमा देखिएका भयावह दृश्यले अचम्मित बनाएको थियो।

अर्थात् मुनाको हत्या उनैका कामदार विजय चौधरीले गरेको देखियो। तर फेरि अर्को शंका थियो प्रहरीसँग कि घटनामा त्यो आत्महत्या गर्ने व्यक्तिको डोरी चुँडिएको र उ पनि मृत अवस्थामा थियो। 

त्यसमाथि सिसिटिभी फुटेजमा चौधरीको आत्महत्या देखिएन। सिसिटिभी फुटेजपछि प्रहरीले आफन्त छिमेकीसँग बयान लिएको थियो। 

जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धानको लागि कार्की निवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको थियो।

अनुसन्धान अधिकारीले यस घटनाको सत्यतथ्य कुरा बाहिर ल्याउनको लागि भन्दै उनीहरुलाई छुट्टाछुट्टै राखेर केरकार गरेको थियो।

पूवैसचिव कार्कीको घरमा काम गर्ने ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान प्रहरीसामू दिए। त्यस्तै घटना भएको दिन पूर्वसचिवका छोरालाई स्कुल पुर्याउन गएकी भनिएकी बिहान बेलुका पार्टटाईम काम गर्ने महिला कामदारले फरक बयान दिएकी थिइन्। 

यसले पनि अनुसन्धान केही पेचिलो बन्यो।

‘हो, विजय निकै रिसाहा स्वभावका थिए । महिला कामदारले भनेकी छिन् उ म काम गर्न जाँदा पनि झर्कन्थ्यो। रिसाउँथ्यो। आफ्नी घरमालिक अर्थात् मृतक मुना अधिकारीले विजय रिसाहा स्वभावको भएको भन्दै उसँग विवाद नगर्न आफूलाई भन्ने गर्नुहुन्थ्यो’ तिम महिलाको बयानमा उल्लखे थियो।
अनुसन्धानका लागि प्रहरीको अर्को प्रश्न घरधनीको आनीबानी थियो। ति तीनै जनाले मृतक मुना अधिकारी अर्थात् आफूहरुको घरबेटी असल हुनुहुन्थ्यो भन्ने आशयको बयान दिएका थिए।

तीनजनाको बयान सकिए पनि प्रहरी अनुसन्धानको निचोडमा पुगेन। 

यसपछि उक्त हत्या प्रकरणभित्र पनि हत्या र आत्महत्या हो भन्ने विषयलाई लिएर अनुसन्धान गर्न प्रहरी तम्सियो।

यदि हत्या नै हो भने यो रिसइबीको कारण के थियो भनेर अनुसन्धान गर्न प्रहरीले हत्या भएकी कार्की र हत्यापछि आत्महत्या गरेका चौधरी दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठायो। 

अनुसन्धानमा रहेका प्रहरी अधिकारीका अनुसार कार्की परिवारको फोन डिटेल्सको पनि सूक्ष्म विश्लेषण भएको थियो। 

दुवै मृतकको शव परिवारले बुझेका थिए। कार्की र चौधरी परिवारले शव बुझेको थियो। 

कस्ता थिए बिजय?
दाङको लमही नगरपालिका २ रनियापुरबाट काठमाडौं आएका विजय उनकै बुबाको भाषामा लजालु थिए। खासै बोल्दैनथे। झगडा पनि गर्दैनथे। मानिसहरुसँग कमै बोल्ने बानी भएको मानिसले कसरी अरुको हत्या गर्न सक्ला भनेर उनी अचम्मित छन् यतिबेला। 

कतै घरमा काम गर्दा गाली खाएकाले त्यसकै रिसले हत्या त गरेका होइनन्? यो आशंका चाहिँ उनको मनमा थियो। मृतक विजयको घरमा दुईजना साना भाइ, आमा र बुबा छन्।

आफ्नो छोराले यसरी मान्छे पनि मार्न सक्छ भनेर त कल्पना नै गरिएको थिएन। मृतक विजयका बुबाले खबर पाएपछि आफूलाई वेचैनी भएको छ भरोरात सुत्न नसकेको बताएका थिए।

कार्की परिवारकहाँ काम गर्न गएदेखि विजय ३ पटकमात्र गाउँ फर्केको उनको परिवारले बताएको थियो। 

प्रहरीले पाएको त्यो सिसिटिभी फूटेज
घटनास्थलबाट १५÷ १६ टुक्रा भएको प्लाष्टिकको पिर्का, नयाँ देखिने नाईलनको डोरी, डोरी चुडिएको अवस्था विजयको शव, त्यहाँ भेटिएका सम्पूर्ण समाग्री प्रहरी अनुसन्धान टोलीले संकलन गरेको थियो। 

प्रहरीको लागि अनुसन्धानमा सबैभन्दा सहयोगी बन्यो सिसिटिभी। हो, केहि समय अगाडी घरमा चोरी भएका कारण छिमेकीको सुझाव शिरोपर गर्दै पूर्वसचिव कार्कीले घरमा सिसिटिभी जोडेका रहेछन्। सीसीटीभीमा रेकर्ड भएको भिडिओे नियाल्दै जाँदा प्रहरीले फेला पार्छ महत्वपूर्ण क्ल्प्सि। अर्थात् बिहान १० बजेर ८ बजेको समयमा क्याप्चर भएको दृश्य।

आत्महत्या गरेका भनिएका विजय चौधरी २२ वर्षिय विजय चौधरी यताउता गरिरहेका देखिन्छन्। पूर्वसभिव कार्कीकी पत्नी मुना अधिकारी भान्छामा हुन्छिन्। अचानक विजयले प्लाष्टिकको पिर्का उनको टाउकोमा बजार्छन्। निरन्तर साङ्घातिक आक्रमण उत्रन्छन् चौधरी। 

मुनालाई भान्छाबाट घिसार्दै भुत्लाउँदै भुईमा टाउको समेत ठोक्काईदिन्छन्। पूर्वसचिव पत्नि कार्की पछाडी फर्किएको बेला ति चौधरीले डोरीले घाँटीमा कसेको दृश्य निकै दर्दनाक र अपत्यारीलो छ। 

उनले भुईमा पछारिएकी मुनालाई पिर्का प्रहार गर्छन्। कपालमा भुताल्दै भुइँमाबजार्ने क्रम जारी राख्छन्।

अचानक कामदार आइलागेको देखेपछि मुना अधिकारी रुन चिच्याउन थाल्छिन्। तर उनको जोडबल चल्दैन। चौधरीको प्रहारबाट आलसतालस हुन्छिन् उनी। शरीरबाट रगत बाहिरीन थाल्छ। घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का तयार पार्ने क्रममा समेत त्यो कुरा उल्लेख गरिएको थियो। 

सञ्चारमाध्यमलाई प्राप्त फोटोमा समेत उनी लडेको ठाउँमा रगतको आहल देखिन्छ। तर सिसिटिभीमा ति चौधरीले आफैँ आत्महत्या गरेको भने देखिएको छैन। फुटेजमा चौधरी निकै आक्रोशित भएर मारपिटमा उत्रिएको देखिन्छ। 

कहाँ थिए कार्की ?  
पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न मन्दिर गएका थिए। अरु बेला खेलकुदमा सक्रिय हुने उनी त्यसदिन पशुपतिनाथ मन्दिर गएका थिए। उनका दुई छोरी बाहिर देशमा थिए। 

पढाईको सिलसिलामा। १२ वर्षिय छोरा स्कुल गएका थिए। ति बालकलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिरै थिईन्। 

घर सफा गर्नका लागि राखिएकी उनी बिहान–बिहान कार्कीको घरमा पुग्थिन्। पूर्वसचिव कार्की चिया खाइसकेपछि बिहान प्रायः खेलकुदमा व्यस्त रहन्थे। कहिले ब्याडमिन्टन त कहिले गल्फ। तर, हुने हार दैव नटार भनेझैँ उनलाई पूजा गर्न मन लागेर चालकसँग गाडी निकाल्न अनुरोध गरे।

ड्राइभरलाई लिएर उनी पशुपति मन्दिर गए। दर्शन गरे र फर्के। तर घर आएर निकै बेर गेटमा घण्टी दिए। गेट खुलेन। 

उनी आफैँ गएर गेट खोले। भित्र जान्छन्, घरमा काम गर्ने केटो झुण्डिएको जस्ते देखिन्छ। डोरी चुँडिएको छ। शव भुईमा पसारो परेको छ।
यो हत्या प्रकरणमा अन्य विविध विषय र विवाद पनि आएका थिए। तर, प्रहरीले यस प्रकरणलाई अन्तिम टुङ्गो दिए पनि कतिपय प्रश्नको निराकरणचाहिँ भएको थिएन। 

(अर्काइभसहित विभिन्न समाचारको आधारमा तयार पारिएको हो। सम्पादक)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध