नेभिगेशन
सुरक्षा–अपराध

कैलाली कारागारमा तनावः सुरक्षा टोली अझै किन छिर्न सकेको छैन?

धनगढी– जिल्ला कारागार कैलालीमा सुरक्षा टोली अझै पनि प्रवेश गर्नलाई कठिन भएको छ।

एक जनाको ज्यान जानेगरी रक्तपातपूर्ण झडप भएपछि कैदीबन्दीले प्रेसर कुकर बम र सिलिन्डर लिएर सुरक्षाकर्मीलाई प्रवेश गर्न नदिएको बताइएको छ।

कैलाली कारागारभित्र भएको कैदी बन्दीबिचको झडपपछि कैलाली कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोगनबहादुर हमालले बताएका छन्। उनले अवस्था सामान्य हुँदै गएको पनि जानकारी दिएका विवरण सुरक्षा निकायले उल्लेख गरेका छन्।

सिडिओ हमालका अनुसार अहिले कैदीबन्दीहरूले आफन्त र परिवारजनसँग भेटघाट गरिरहेका छन्। तर कारागारको भित्री परिसरमा सुरक्षाकर्मी भने पसिनसकेको उनले बताए। 

कारागारभित्र पहिले मानवअधिकारवादीलगायत सरोकारवालाको टोली गएपछि मात्रै सुरक्षाकर्मी पठाउने हाम्रो तयारी भैरहेको छ। शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्ण रूपमा कब्जा गरेका थिए। 

मूल गेटमा घरेलु हातहतियार र ढुंगामुडासहित कैदी बन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन्। यस्तै कैदीबन्दीहरूले ग्यास सिलिन्डर पड्काएर जेलमै आगो लगाइदिने धम्की दिइरहेका थिए। 

सिडिओ हमालले नै कैदीबन्दीहरूले गेटमा प्रेसर कुकर बम लिएर बसेको प्रतिक्रिया दिएका थिए। 

उता कैलाली कारागारमा भएको रक्तपातपूर्ण घटनापछि कारागार विभागले कारागार प्रमुख(जेलर) वसन्त खत्रीलाई जिम्मेवारीबाट हटाएको छ। उनको ठाउँमा जलान्धर भुसाललाई पठाइएको छ। 

भुसाल शनिबारै धनगढी पुगिसकेको सिडिओ हमालले जानकारी दिए। 

यस्तै घटनाका बेला कारागारको सुरक्षामा खटिएको टोलीलाई पनि परिवर्तन गरेको सिडिओ हमालले जानकारी दिए। ‘हिजो नै पूरै टोली बदलिसकिएको छ। कारागारबाहिर ठूलो संख्यामा सुरक्षा टोली परिचालन गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध