नेभिगेशन
अर्थ विविध

२१ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध