नेभिगेशन
समाज विविध

नर्समाथि हिंसाः बिराटनगरको ‘दुर्लभ’ हत्याको अलग कथा, यस्तो छ अन्य गतिविधि 

काठमाडौं– अस्पतालमा कार्यरत नर्समाथि हुने हिंसाको घटनाका केही तथ्यांक पनि अचम्म लाग्दा छन्। विभिन्न प्रकारका हिंसा हुने गरेका विषयमा अध्ययनहरू भएको विवरण प्राप्त भएका छन्। 

तर हत्याचाहिँ दुर्लभ घटनामा पर्ने रहेछ। हालसालै मात्र हत्या दाबी गरिएको र हत्या नै भएको दुई घटनाले चर्चा नपाएका होइनन्। तर, नर्समाथि हुने हिंसाको विषयमा भने त्यति धेरै बहस हुने गरेको पाइन्न।

लिलितपुर बालकुमारीस्थित किष्ट पोलिक्लिनिकमा कार्यरत स्टाफ नर्स निमा डोल्मा लामा अस्पतालमा मृत फेला पर्दा हत्या भएको दाबी गरिएको थियो। 
उनको परिवारले यो आत्महत्या नभई हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो। 

मृतकका आफन्तले पत्रकार सम्मेलन गर्दै निमालाई शरीर बन्धक बनाई हत्या गरिएको आशंका व्यक्त गरेका थिए। 

उनीहरुले निमाको हत्यामा संलग्न रहेको भन्दै क्लिनिकका सञ्चालक उमेशकुमार साह र डा. देवकुमार साहविरुद्ध किटानी जाहेर पनि दिएको बताएका थिए। उक्त घटनाको अध्यावधिक के भयो भन्ने पछि खोजी भएन।

योभन्दा भयानकचाहिँ बिराटनगरस्थित नोबेल मेडिकल कलेजकी स्टाफ नर्सको हत्या प्रकरण थियो।

विराटनगर– ४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका थिए। 

विराटनगर– ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा मोरङ प्रहरीले फेला पारेको थियो।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा हत्या हुनुपूर्व दुई महिनादेखि बसेकी थिइन्। 

उनको शव बाथरुममा घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको अवस्थामा फेला परेको थियो। 

चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो। फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको थियो। 

शिवशंकर वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो। यो निजी सम्बन्ध र विवादका कारण भएको हत्या थियो।

कतिपय घटना निजी हिसाबका हुने भए पनि नर्समाथि कार्यस्थलमा समेत शोषण, हिंसाका प्रकारान्तर घटना हुने गरेको केही अध्ययनले देखाउँछन्।

पोखरामा गरिएको अध्ययन अनुसार ६४.५% नर्सहरूले ६ महिनामा कुनै न कुनै प्रकारको हिंसा भोगेका थिए। जसमा ६१.५% मौखिक, १५.५% शारीरिक र ९% सेक्शुअल हिंसामा परेका थिए।

काठमाडौंका निजी शिक्षण अस्पतालहरूमा गरिएको अध्ययनमा ७२% नर्सहरूले हिंसाका अनुभव बताएका थिए। शारीरिक हिंसा २३.६१%, मौखिक ६९.४४% ले देखाए। 

थाप्रकारका अन्य अध्ययनहरू पनि (चितवन, नेपालगञ्ज, पाल्पा) ले यस्तै उच्च दर देखाएका थिए। लगभग ५०%–७८% नर्सहरूले कुनै न कुनै प्रकारको हिंसा भोगेको अनुभव साझा गरेका थिए। 

तर यी सबै कटाक्षात्मक रूपमा हत्या होइन, तर कार्यस्थलमा उत्पीडन र प्रताडना जनाउने हिंसा रहेको थियो। 

२०२२ मे महिनामा नेपाल सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षित गर्ने सम्बन्धी ऐन जारी गरेको थियो। यसले स्वास्थ्यकर्मीप्रति हुने आक्रमणलाई गैर–बांधिक अपराध बनाउने प्रावधान राखेको छ। यस ऐनले अस्पतालमा भाङ्गफोड, आक्रमण वा स्वास्थ्यकर्मीमाथि आक्रमणमा कानुनी सजाय र तुरुन्त पक्राउको व्यवस्था गरेको छ।

यसो गरे पनि कानुन र नियम बुझाउन नसक्दा र अस्पतालमा हुने लापरवाही वा अन्य कारणले नर्सहरु पनि यातनाको शिकारमा पर्ने गरेको पाइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध