नेभिगेशन
राजनीति

‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कांग्रेस नेता कोइरालाले भने– घुस काण्डमा कांग्रेस साक्षी किनारा

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारका मन्त्रीको घुस प्रकरणमा पार्टी साक्षी किनारा बनेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले यसो भनेका हुन्। 

उनले भनेका छन्,‘यस्तै रहेछ यहाँको चलनः मन्त्री क्वार्टरमा विहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन्।’ 

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार साँझ मन्त्रिपरिषदको बैठकमा सहभागी भएकोतर्फ उनको इंगित थियो। 

उनले थप भनेका छन्,‘सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति