नेभिगेशन
राजनीति

राजीनामा गराउन सामान्य प्रशासनमन्त्री गुप्तालाई बालुवाटारबाट बोलावट

काठमाडौं– घुस काण्डको अडिओ सार्वजनिक भएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई राजीनामा गराउन बालुवाटारबाट बोलावट भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्के लगत्तै बालुवाटारमा बोलाइएको हो। मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ। पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडिओ बाहिर आएको हो। 

घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ। यस्तै उनको अर्को काण्ड पनि सतहमा आएको छ। त्यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेको छ।

मन्त्री गुप्ताले पनि पार्टीको निर्देशन आए छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति