नेभिगेशन
राजनीति

घुस डिल गरेका मन्त्री गुप्तालाई बर्खास्त गर्न विवेकशील साझा पार्टीको माग 

काठमाडौं– घुस डिल गरेको अडिओ सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी छानबिन गर्न विवेकशील साझा पार्टीले माग गरेको छ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका छन्।

‘बहालवाला सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमी सुधार मन्त्री वलराम अधिकारी भ्रष्टाचार मुद्धामा संलग्न भएको समाचार र अडिओ छताछुल्ल सार्वजनिक भईसक्दा पनि उनीहरु पदमै रहिरहेकोप्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’, विवेकशील साझाले भनेको छ।

भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुबै मन्त्रीलाई तत्काल बर्खास्त गरी कार्बाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अपिल गरेको पार्टीले भनेको छ,‘जनताको करबाट सृजित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनी उनीहरुलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले मिहीन ढंगले अन्वेषण गरिरहेको स्पष्ट पार्दछोैँ।’

यस्तो छ प्रधानको विज्ञप्ति

प्रेस विज्ञप्ति:

भ्रष्टाचारमा चुर्लुम्म डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गर!

-विवेकशील साझा पार्टी

बहालवाला सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमी सुधार मन्त्री वलराम अधिकारी भ्रष्टाचार मुद्धामा संलग्न भएको समाचार र अडियो छताछुल्ल सार्वजनिक भईसक्दा पनि उनीहरु पदमै रहिरहेकोप्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुबै मन्त्रीलाई तत्काल बर्खास्त गरी कार्बाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।

जनताको करवाट श्रृजित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनी उनीहरुलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले मिहीन ढंगले अन्वेषण गरिरहेको स्पष्ट पार्दछोैँ।

भ्रष्टाचारको दर्जनोैँ प्रकरण र काण्डहरुको न्यायिक निरुपण नभईरहेको अवस्थामा बहालवाला मन्त्रीहरु प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको छ।

विवेकशील साझा भ्रष्टाचारको यो प्रकरणलाई अत्यन्त गहन अनुसन्धान गर्न र आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष ध्यानाकृष्ट समेत गराउँछ।

नेपालको जय होस!

सप्रेम

आशुतोष प्रधान

प्रवक्ता

विवेकशील साझा पार्टी

२०८२/०३/३०

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति