नेभिगेशन
राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ । सोमबारको बैठकमा सभामुख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै विभिन्न मन्त्रालयका सम्बन्धित मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम रहनेछ । आज सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन् । सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति