नेभिगेशन
समाज विविध

मोरङमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौँ- मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका-८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो।

स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएको समयमा हात्तीले अमिनालाई आक्रमण गरेको हो । हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध