नेभिगेशन
समाज विविध

‘स्वस्थ शहर’ को लक्ष्य संस्थागन गर्ने काठमाडौं महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवा सबै नगरवासीसम्म पुर्‍याउने गरी गुणस्तरीय, प्रविधिमैत्री र आधुनिक स्वास्थ्य प्रणाली निर्माणको घोषणा गरेको छ ।

आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा मेयर बालेन्द्र शाहले रोकथाममुखी कार्यक्रमदेखि मानसिक स्वास्थ्य, पोषण र आयुर्वेद प्रवर्द्धनसम्मका विषयमा जोड दिएको बताएका हुन् ।

महानगरले स्वास्थ्य पूर्वाधारको विकास, दक्ष जनशक्ति व्यवस्थापन र डिजिटल प्रविधिको उपयोगमार्फत सेवा पहुँचलाई सहज र प्रभावकारी बनाउने जनाएको छ ।

मानसिक स्वास्थ्य तथा पोषण कार्यक्रमलाई सशक्त बनाउँदै दीगो र समावेशी स्वास्थ्य प्रणाली निर्माणका लागि आवश्यक योजना लागू गरिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध