नेभिगेशन
समाज विविध

छाउपडी गोठमा सर्पले डसेर महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी गोठमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्न लागेकी २८ वर्षीया कमला दमाईको हिजो राति सर्पदंशबाट ज्यान गएको हो।

राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा कमलाको मृत्यु भएको हो ।

स्थानीय सुचित्र सिंहकाअनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन् । उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध