नेभिगेशन
समाज विविध

उदयपुर प्रशासनले भन्यो- सुनकोशी र सप्तकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय उदयपुरले सुनकोशी नदी र सप्तकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरूमा बाढी आउन सक्ने प्रबल सम्भावना रहेकोले अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक र सहायक मार्गहरूमा सवारी साधन चलाउँदा सावधानी अपनाउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘बर्षातको मौसम भएकोले कुनै पनि बेला ठूलो पानी पर्न सक्ने, भू(क्षय तथा खोला, खहरे र नदीहरूमा जल सतह बढ्न सक्ने, तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरूमा बाढी आउन सक्ने जसका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने प्रबल सम्भावना रहेकोले अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक र सहायक मार्गहरूमा सवारी साधन चलाउँदा सावधानी अपनाउनु हुन यस जिल्लाको सुनकोशी नदी र सप्तकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन, सबैमा अनुरोध गरिन्छ ।’

साथै मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा भारी वर्षा भइरहेकाले जिल्लाका विपद् टोलीहरूलाई पूर्वयारी गर्न समेत अनुरोध गरिएको छ ।

पशुपति प्रसाद गण, पिपलटार ब्यारेक पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ भने जिल्ला प्रहरी कार्यालय, उदयपुरको सबै सुरक्षा युनिटहरूलाई सतर्क अवस्थामा राख्न भनिएको छ ।

श्री सशस्त्र प्रहरी वल, नेपाल ५ नं. गण हे.क्वा. त्रियुगा उदयपुर सबै सुरक्षा युनिटहरूलाई सतर्क अवस्थामा राखी स्थानीय पालिकाका विपद् सूचक र स्वयंसेवकलाई सूचित गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध