नेभिगेशन
राजनीति

‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्दिनुभो, मैले अर्को पार्टी खोलेँ’-शेरबहादुर देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्नमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले आँट नगरेको भए सम्भव पनि नहुने सुनाए ।

कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कोइरालासँगको रोचक किस्सा पनि सुनाए ।

उनले भने, ‘उहाँ र मेरोबीच झगडा पनि भइरहन्थ्यो । उहाँले मलाई पार्टीबाट निकाल्दिनुभयो । मैले फेरि अर्को पार्टी खोलेँ ।’

सभापति देउवाले राजा ज्ञानेन्द्रले प्रधानमन्त्री पद खोसेपछि त्यति बेला आफूले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको पनि स्मरण गरे ।

उनले भने, ‘एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भने क्या मैले । त्यस्तो हाम्रो सम्बन्ध हो, तर पछि राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । मैले मान्दै मान्दिनँ भनेँ । पछि छुटिहालेँ म, त्यसपछि उहाँले मिल्नुपर्छ भन्नुभयो ।’


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति