नेभिगेशन
राजनीति

‘कुलिङ पिरियड’ मा भएको छेडखानीबारे आजै छानबिन समिति गठन गर्ने सभामुखको तयारी

काठमाडौँ- ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरिरहेका छन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । 

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको विधेयकमा छेडखानीबारे छानबिन समिति गठन गर्न प्रस्ताव गरेका थिए ।

सभामुख घिमिरेले समितिको टीओआर र समयावधि तथा सदस्यको नाम पनि मागेका थिए । दलहरूले नाम दिए आजै समिति गठन हुने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति