नेभिगेशन
राजनीति

कुलिङ पिरियड राख्ने गरी विधेयक सच्याउन राष्ट्रिय सभालाई सभापति खतिवडाको आग्रह

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएका बताएका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले यो सामान्य अवस्था नभएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’

विधेयकमा दफा ८२ को उपदफा ३ पछि उपदफा थप गरी उपदफाक्रम मिलाउने भन्दै सभापति खतिवडाले भनेका छन्, ‘(४) निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति