नेभिगेशन
राजनीति

मुकुल ढकालको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं- मुकुल ढकालले दायर गरेको रिट आज ‘हेर्न नभ्याइने’ मा परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दावी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अन्तरिम आदेश छलफलका लागि सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति