नेभिगेशन
राजनीति

मुकुल ढकालले रास्वपा महामन्त्रीमा दाबी गरी दायर रिट सर्वोच्चका न्यायाधीश रेग्मीको इजलाशमा

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा मुकुल ढकाललो रास्वपा महामन्त्री आफू रहेको दाबी गर्दै अन्तरिम र त्यो पनि परमादेश जारी माग गरेको रिट सुनुवाईलाई राखिएको छ।

बुधबार दर्ता भएको रिट विहीबार सुनुवाईका लागि रेग्मीको इजलाशमा परेको हो।

ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन्।

रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति