नेभिगेशन
समाज विविध

नुहाउन अरुण नदी हिँडेका थिए, बेपत्ता भए १२ र १३ बर्षिया बालिका

धनकुटा– नुहाउनका लागि अरुण नदीमा हिँडेका दुई जना बालिका बेपत्ता भएका छन्।

भोजपुर हतुवागढी–९ मचुवाटारका दुई बालिका अरुण नदीमा बेपत्ता भएका हुन्। 

प्रहरीका अनुसार १२ बर्षिया कृषिका राई र १३ बर्षिया खुसी राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएका थिए। 

साँझसम्म पनि नफर्किएछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। 

घोडेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनिल साहको कमाण्डमा चार जना प्रहरी खोजीका लागि परिचालन भएका छन्। खोजीको लागि सुनसरी प्रहरीलाई पनि भनिएको छ। 

आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहे पनि बिहीबार बिहानसम्म फेला परेका छैनन्।

उनीहरु कक्षा ८ मा पढ्छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

नारायणगढ-मुग्लिन सडक सञ्चालन