नेभिगेशन
समाज विविध

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मुग्लिन– नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारिसाधन आवतजावत गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

कुनैपनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए । 

ढुङ्गा झरिएसँगै दुईतर्फी सवारिसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताए। बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारिसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध