नेभिगेशन
समाज विविध

दुई बालिका अरुण नदीमा बेपत्ता

काठमाडौं । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । हतुवागढी–९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बेपत्ता हुनेमा १३ वर्षीया खुशी राई र १२ वर्षीया कृषिका राई छन् । उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन् । खुशी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

नारायणगढ-मुग्लिन सडक सञ्चालन