नेभिगेशन
समाज विविध

कैलालीमा भान्जाको आँगनमा लडेर मामाको मृत्यु, आर्थिक लेनदेनको विषयका कारण भण्डारी पक्राउ

काठमाडौं– कैलालीमा भान्जा पर्ने व्यक्तिको घरमा पुगेका बेला एक जना ८० बर्षीय बृद्धको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको जानकारी दिए।

मृतकको शरिरमा चोटपटक नदेखिए पनि आर्थिक लेनदेन रहेका कारण भान्जा पर्ने भण्डारीलाई पक्राउ गरिएको छ।

मृतकको शव घटनास्थलबाट उठाइएको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्