नेभिगेशन
समाज विविध

फोहोर गाडीभित्र घरेलु रक्सी बनाउँदै गर्दा नेपाली पक्राउ

कुवेत, महबुल्ला — कुवेतको अहमदी क्षेत्रमा सुरक्षा निकायले एक नेपाली नागरिकलाई घरेलु मदिरा उत्पादन तथा बेचबिखनको आरोपमा पक्राउ गरेका छन्। उनले महबुल्ला क्षेत्रमा पार्क गरिएका केही पुराना र प्रयोगविहीन गाडीहरूलाई मदिरा भण्डारणका लागि प्रयोग गरिरहेका थिए।

प्रहरीलाई ती नेपालीले अवैध रुपमा रक्सी उत्पादन गरी बेच्छन् भन्ने सूचना प्राप्त भएपछि खोजी शुरु गरिएको थियो। अनुसन्धानको क्रममा महबुल्लाको एक खाली स्थानमा राखिएका गाडीहरूबाट ३,८२८ बोतल मदिरा बरामद गरिएको हो।

पक्राउ परेका व्यक्ति र बरामद गरिएको रक्सी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सुरक्षा स्रोतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्