नेभिगेशन
समाज विविध

पश्चिम नेपालमा भारी वर्षाको अनुमान, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानका आधारमा (आज) शनिवार रातिदेखि १६ गतेसम्म देशका पश्चिमी प्रदेशहरूमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै सूचना उल्लेख गरेको छ। प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विशेष गरी लुम्बिनीको बर्दिया, बाँके र दाङ, कर्णालीको सुर्खेत, दैलेख र सल्यान। सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्ला प्रभावित हुने उल्लेख गरिएको छ।

1751124078_509484753_1070248517939617_7731831334762571760_n-1751126989.jpg
 

भारी वर्षाको कारण पहिरो, बाढी, डुबान तथा गहिरो जमिन धस्ने घटनाको उच्च जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्