नेभिगेशन
समाज विविध

करेन्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी- गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।

धुर्कोट गाउँपालिका-७ द्वानेटामा रहेको राष्ट्रिय प्रसारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपराह्न मृत्यु भएको प्रहरी नायव उपरीक्षक सारुले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए । “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,” उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध