नेभिगेशन
समाज विविध

रौतहटमा सेफ्टि टंकीमा खसे एक बालका र एक बालिकाः दुवै जनाको मृत्यु

काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिकास्थित सेफ्टि टंकीमा खसेका एक–एक बर्षिया दुई जना बालबालिकाको मृत्यु भएको छ।

चन्द्रपुर–१० निमुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो।

रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए।

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चन्द्रपुरमा लगिएको थियो। लगेको केही समयमा नै मृतक घोषित भए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्