नेभिगेशन
समाज विविध

कर्मचारीबीचका दुई लिलाः काजीमानले लेखा अधिकृतसँग रोमान्स गरे, बस्नेत त डेटिङमा फेला परेका थिए

सरकारी कार्यालयका उच्च पदस्थ अधिकारीहरू यसरी सार्वजनिक घटनामा संलग्न हुँदा मानिसको विश्वास र संस्थागत पारदर्शितामा असर पुग्छ

काठमाडौं– कार्यस्थलमा हुने यौनहिंसाका विषयमा नेपालको कानुनले बोलेको छ। 

नेपालको संविधानको धारा ३८(३)मा महिलामाथि हुने हरेक किसिमको यौनजन्य शोषण, उत्पीडन, हिंसा निषेध गरिएको छ।

धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकारबारे उल्लेख गरेकोछ। यीबाहेक अन्य पनि विभिन्न धारा उपधाराले बोलेको छ।

तर कार्यालयमा ‘प्रेमलाप’ गर्ने दुई कर्मचारीबीच कुन कानुन छ? यसबारेमा स्पष्ट छैन। यसकारण केही घटनालाई नैतिक कसीमा राखेर मात्र हेर्ने गरिएको छ। 

त्यस मध्यको एक उदाहरण थियो इलामको माइजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृतको सम्बन्ध। 

‘कार्यालयमै अनैतिक क्रियाकलाप’ भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि ठूलो चर्चा भएको थियो।

तीन फरक समय र मितिमा फेसबुक पेज ‘रुटिन अफ इलाम बन्द’ मार्फत सार्वजनिक गरिएको भिडिओमा दुई अधिकारीले कार्यालयको कार्यकक्ष भित्र संवेदनशील अंग छुने, चुम्बन गर्ने जस्ता क्रियाकलाप गरेको दृश्य देखिएको थियो। 

भिडिओमा मिति अनुसार घटना गत बर्षको असार २३ गते खिचिएको देखिन्छ। बिहान ७ः३७ बजे कार्य समयमै भएको आशङ्का गरिएको थियो।

भिडिओलाई हेर्दा लेखा अधिकृतले खाममा राखिएको रकम गन्ने दृश्य पनि देखा परेको छ, जसलाई ‘घुस’को आशङ्कासहित लिएर चर्चामा आएको थियो। 

केही दिनअघि कार्यालयमा आगलागी भयो, जसलाई ‘भिडिओ फुटेज हटाउन’ वा ‘अनियमितता ढाक्न’ गराएको आरोप लाग्दै आएको पनि थियो। 

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले भिडिओबारे सामाजिक सञ्जालबाट जानकारी पाएको बताउँदै, ‘प्रशासकीय अधिकृत सरुवा भइसकेका’ भन्दै छानबिन शुरू भइसकेको जानकारी दिएका थिए। 

त्यसअघि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको भिडिओ प्रकरणको चर्चा सेलाएको थिएन।

कार्यकक्षमै गरेका यी ‘अनैतिक’ गतिविधि सार्वजनिक भएपछि स्थानीय तहले संघीय सरकारमा दोषीहरूलाई कारबाही सिफारिस गर्ने निर्णय लिएको थियो।

यो घटनाले सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरूको आचरण, आन्तरिक सुरक्षा व्यवस्था र लोकसेवामा रहेको अविश्वासलाई उजागर गराएको छ। 

यसबाहेक लगालग अर्को घटनाको भिडिओ भाइरल भयो। अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत जो कार्यालयमा सिनियर सह‑अहेबको जिम्मेवारी पनि हाँक्दै आएका थिए उनको ‘डटिङ’ प्रकरण बाहिरिएको थियो।

उनी र महिला कर्मचारी झापाको अर्जुनधारा नगरपालिकाभित्रै कुनै जङ्गल वन क्षेत्रमा भेटिएको भिडिओ सार्वजनिक भयो। भिडिओमा कार्यालय पोसाकमै उनी दुवै ‘डेटिङ’को अवस्थामा देखिन्छन्, जसमा बस्नेतकी पत्नीले उनलाई भेटेर गालीगलौज गर्दै लछारपछार गरेको दृश्य पनि समेटिएको थियो। 

सामाजिक सञ्जालमा यो भिडिओ तीव्र गतिमा भाइरल भयो, जसले सार्वजनिक आचरण, सरकारी कर्मचारीहरूको नैतिकता र जिम्मेवारीबारे प्रश्न उठायो।  

नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन र प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालको निर्देशनमा बस्नेतलाई स्वास्थ्य शाखा प्रमुख पदबाट हटाउने निर्णय गरिएको थियो। 

घटनामा संलग्न महिला स्वास्थ्यकर्मीलाई पनि ४८ घण्टाभित्र स्पष्टीकरण पेश गर्र्न पत्राचार गरिएको थियो। 

नगरपालिकाले भन्न लागेको थियो कि घटना कार्यालय समयमा नभएको हुनाले नैतिक प्रश्न अटाएकोले त्यसैले जिम्मेवारी रोकिएको र अनुसन्धान छानबिन जारी राखिएको भनिएको थियो ।

सरकारी कार्यालयका उच्च पदस्थ अधिकारीहरू यसरी सार्वजनिक घटनामा संलग्न हुँदा मानिसको विश्वास र संस्थागत पारदर्शितामा असर पुग्छ।

नैतिकता र अचरण उत्प्रेरित गर्ने तवरले त्यस्ता नियमन र प्रशासनिक कारबाही स्वाभाविक देखिन्छ, कम्तिमा शीघ्र स्पष्टीकरण लिएर सोझो जवाफ गर्दा विश्वास निर्माण हुने विश्लेषण गरिएको थियो। 

यी दुई प्रतिनिधि घटना मात्र हुन्। यी र यस्ता घटनाले सामाजिक परिधिलाई पनि नाघिरेका कारण नैतिक पतनको विषयमा जिम्मेवार व्यक्तिले ध्यान दिन आवश्यक रहेको समाजशास्त्री बताउँछन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्