नेभिगेशन
राजनीति

भिजिट भिसा छानविन समितिलाई माओवादीले गर्‍यो स्वागत

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरण छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका उपमहासचिव वर्षमान पुनले सरकारलाई धन्यवाद दिएका हुन् । हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो।

उनले भने, ‘यसबारे छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियारले गरिरहेको छ । निष्पक्ष रूपले होस् भन्ने हाम्रो अपेक्षा छ । यसको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू छन् । जनताको विषयमा पनि कुरा उठेको छ । त्यसबारे समितिले अध्ययन गर्नेछ ।’ उनले विगतदेखि नै हुँदा आएको समस्या तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास व्यक्त गरे । उनले आफूहरूले निरन्तर निगरानी गरिराख्नेभन्दै समितिले कार्यादेश अनुसार काम गर्ने आशा राखे । तर यो समिति रास्वपा र राप्रपाले अस्वीकार गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित