नेभिगेशन
राजनीति

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 

काठमाडौं– प्रमुख प्रतिपक्षी अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणको छानविनका लागि समिति बनिसकेपछि राजीनामा नबन्नुको कारणबारे प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारकाले उच्चस्तरीय समिति गठन गरिसकेपछि पनि राजीनामा नदिनुको कारणबारे प्रश्न गरेका हुन् ।  

‘पछि अनुसन्धान सकेर बेदाग भएपश्चात पार्टीले पत्याएको खण्डमा पुनः मन्त्री बनेर जीवन बिताइराखेका छन् र सादा जीवन उच्च विचार पनि भएका छन्,’ सांसद मोदीले गृहमन्त्रीलाई प्रश्न गरे, ‘तसर्थ यो किन गर्नुभएन ?’

उनले आफूमाथि गम्भीर आरोप लाग्दा छानबिन समिति गठन भएर अनुसन्धान भइरहेको बेला सामान्यतया राजीनामा दिने चलन रहेको पनि गृहमन्त्री लेखकलाई स्मरण गराए ।     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित