नेभिगेशन
राजनीति

रास्वपा र राप्रपाले संसद बन्धक बनाएर अराजकतालाई मलजल गर्दैछन् : सांसद गैरे

काठमाडौँ- सत्तारुढ नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले संसदलाई बन्धक बनाएर अराजकतालाई मलजल गर्ने गरी काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गैरेले भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको, सिङ्गो संसद्को र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताए ।

भिजिट भिसा प्रकरणका दोषीहरू उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताए । संसद् बहिष्कार गरेर गएकाहरूले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको बारेमा बुझ्न नसकेको जिकिर गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित