नेभिगेशन
समाज विविध

कुकुर संरक्षण अभियानकर्मी प्रसाईँ दाजु–बहिनीलाई बिराटनगरका मेयर कोइरालाले किन हप्काए?

मोरङ– बिराटनगरमा कुकुर संरक्षणको अभियानमा लागेका दाजु बहिनी साहिल र एलिना प्रसाईंलाई महानगरपालिकाका मेयर नागेश कोइरालाले हप्काएका छन्।

सोही क्रममा महानगरपालिकाका प्रमुख कोइरालासँग भनाभन समेत भएको प्रत्यक्षदर्शीले बताएका छन्। 

कुकुर संरक्षणको अभियानका लागि सहयोग हुनेगरी बिराटनगर महानगरपालिकाको बजेट ल्याइदिन प्रसाईं दाजु बहिनीले आग्रह गरेका थिए। 

उनीहरूले विराटनगरको दक्षिणी क्षेत्र रानीमा कुकुरका लागि सेल्टर खोलेका छन्।

सहयोग गर्न नसक्ने भन्दै रुखो जवाफ दिएका कोइरालाले अपमानित गर्दै कुट्न खोजेको एलिनाको आरोप छ ।

सोमबार मेयरको कार्यकक्षमा पुगेर उनले सन् २०१९ देखि सञ्चालन गरिरहेको सेल्टर चलाउन भइरहेको समस्या सुनाएकी थिइन्।

मेयर कोइरालाको जवाफ सुनेपछि दाजु साहिलले यहाँबाट हिँड भनेपछि साहिललाई कुटपिट गर्न खोजेको उनले बताइन्। 

बजेट नपाउने भएपछि एलिनालाई उनका दाजु साहिलले यहाँबाट हिँड भन्दा मेयर कोइरालाले ‘तँ सन्किन्छस् साला गधा प्रसाईं भन्दै खेदाउँदै दोस्रो तलासम्म आएको’ बताइएको छ।

उनीहरुले निजी खर्च र व्यक्तिको सहयोगमा सेल्टर सञ्चालन गर्दै आएका छन्। 

मेयर कोइरालाले भने बजेट माग गर्न आएका साहिलले अपशव्द प्रयोग गरेको प्रतिक्रिया दिएका छन्। उनले हप्काएको विषय गलत रहेको पनि दाबी गरे। तर प्रत्यक्षदर्शीले भने मेयर कोइरालाले नै लखेटेको बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्