नेभिगेशन
समाज विविध

हर्क साम्पाङले रोकिदिए प्रहरी कार्यालय भवन निर्माणको काम

काठमाडौं– धरानमा निर्माणाधिन प्रहरी चौकी भवन निर्माणको काम मेयर हर्क साम्पाङले रोक्न पत्र लेखेका छन्।

धरान १६ मा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न आदेश दिएका हुन्। उनले भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश सरकारलाई पत्र लेख्दै चौकी निर्माणको काम रोकेका हुन्।

धरानमा पछिल्लो समय विभिन्न वडामा प्रहरीका लागि भवनहरू बन्दै आएका छन्। धरान १६मा पनि बहुभाषिक पाठशाला रहेको छेउमा प्रहरी चौकी भवन बन्दै आएको छ।

चौकी निर्माणको ठेक्का पाएका व्यवसायी योगेश खतिवडाले चौकी निर्माणको काम रोकिएको बताए। 

धरानका मेयर हर्कराज साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा लेखेको पत्रमा डीपीआर नहेरी डिजाइन बारे नगरपालिकासँग राम्रोसँग कुरा नगरी अथवा उपयुक्त स्थान नखोजी निर्माण कार्य नगरिदिनु हुन अनुरोध गरिएको छ।

पत्रमा बहुभाषिक पाठशालाको कम्पाउन्ड भित्र प्रहरी चौकी बनाउँदा पाठशालाको उद्देश्य प्राप्तिमा असर पुग्ने उल्लेख छ।
जबचप-1750657238.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्